Date

मङ्ल, चैत्र २५, २०८१
Tue, April 8, 2025

उद्योग क्षेत्रमा घट्यो लगानी प्रस्ताव

उद्योग क्षेत्रमा घट्यो लगानी प्रस्ताव

काठमाडौं, २९ कात्तिक । चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्तामार्फत ८७ अर्ब ८५ करोड ५६ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ । सो लगानी प्रस्ताव आएसँगै गत आर्थिक वर्षको तीन महिनाको अवधिमा चालू आर्थिक वर्षको तीन महिनामा स्वदेशी तथा विदेशी लगानीकर्तामार्फत आउने लगानी प्रस्तावमा २८ प्रतिशतले कमी आएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा ३४ अर्ब ३२ करोड २७ लाख रुपैयाँले लगानी प्रतिबद्धतामा कमी आएको हो । गत आर्थिक वर्षको सो अवधिमा एक खर्ब २२ अर्ब १८ करोड २९ लाख लगानी प्रतिबद्धता आएको थियो । सो लगानी प्रतिबद्धता ८७ वटा उद्योग तथा आठ हजार एक सय ३४ जनालाई रोजगारीसहित आएको हो ।

यस्तै चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा आएको उक्त लगानी प्रतिबद्धता भने ८६ वटा उद्योग तथा पाँच हजार नौ सय ३५ जनालाई रोजगारीसहित भएको विभागका अधिकारीले जानकारी दिएका छन् । चालू आवमा ठूला २६ वटा, मझौला ३१ वटा र २९ वटा दर्ता भएका छन् । गत आवमा ठूला २६ वटा, मझौला ३४ वटा र २७ वटा दर्ता भएको थियो ।

विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी छ प्रकारका उद्योग दर्ता हुन्छन् । सोही क्रममा स्वदेशी र विदेशी लगानीकर्ताहरुले चालू आवमा सबैभन्दा बढी ऊर्जाजन्यमा ५८ अर्ब २२ करोड ४२ लाख रुपैयाँ, उत्पादनजन्यमा नौ अर्ब १९ करोड ८६ लाख रुपैयाँ, सेवाजन्यमा आठ अर्ब २७ करोड ७१ लाख रुपैयाँ, पर्यटनजन्यमा ११ अर्ब ६३ करोड ९७ लाख रुपैयाँ, सूचना सञ्चार तथा प्रसारण प्रविधिजन्यमा २६ करोड रुपैयाँ, कृषि तथा वन पैदावरजन्यमा १५ करोड रुपैयाँ र खनिजजन्यमा १० करोड ५७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x