Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

८ अर्ब पुग्यो विश्वको जनसंख्या

८ अर्ब पुग्यो विश्वको जनसंख्या

काठमाडौं,२९ कात्तिक । विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । सयुक्त राष्ट्र संघीय जनसंख्या कोषका अनुसार बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण नोभेम्बर १५ सन् २०२२ मा विश्वको जनसंख्या  ८ अर्ब पुगेको जनाएको हो ।

सन् २०१९ मा विश्वको औसत आयु ७२.८ वर्ष पुगेको थियो । सन् १९९० भन्दा यता औसत आयुमा करिब ९ वर्ष बढेको छ । सन् २०५० मा यो बढेर अनुमानित ७७.२ वर्ष पुग्ने बताइएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुन्टारेसले उनले स्वास्थ्य क्षेत्रमा भएको द्रूत विकासले मानिसको आयुलाई बढाएको र मातृ तथा बाल मृत्युदरलाई घटाएको बताएका छन् । राष्ट्रसंघले ११ वर्षको अवधिमा विश्वको जनसंख्या १ अर्ब नाघेको जनाएको छ।

बीसौं शताब्दीको उत्तरार्द्धमा विश्वको जनसंख्यामा ठूलो वृद्धि देखिएको थियो । पछिल्लो ११ वर्षमै १ अर्बले जनसंख्या बढेपनि यहाँबाट २ अर्ब बढेर १० अर्ब पुग्नका लागि भने लामो समय लाग्ने अनुमान छ। सन् २०५८ मा मात्र संसारको जनसंख्या १० अर्ब करोड पुग्ने अनुमान गरिएको छ। ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x