सबैको रोजाईमा पर्दै डिआरएनका उत्पादन

काठमाडौं, ११ जेठ । डिआरएन इलेक्ट्रोनिक्सका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठले डिआरएन इलेक्ट्रोनिक्स ब्रान्डले नेपाली बजारमा राम्रो लोकप्रियता कायम गरेको बताएका छन् । डिआरएन ओभरसिज स्थापनाको १९ बर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा चिनिया ब्रान्ड मात्र ल्याएर बिकी्र गर्नु भन्दा नेपालमा आफ्नै ब्राण्ड स्थापना गरी १९ बर्ष देखी सेवा प्रदान गरिरहेको कारण सबैको रोजाइमा पर्न सफल भएको बताए ।

डिआरएन इलेक्ट्रोनिक्सका टेलिभिजन, स्पीकर, मल्टिमीडीया स्पीकर, टेलीफोन सेट, इमर्जेन्सी लाइट, पंखा, सिएफएल, तथा टर्च लाइट जस्ता उत्पादनहरु बजारमा छन् । डिआरएन इलेक्ट्रोनिक्सका निर्देशक रजनीश श्रेष्ठले विश्व बजारमा आएको इन्नोभेसनलाई एडप्ट गरेर सो उत्पादन बजारमा ल्याएको र उत्पादनलाई उपभोक्ताहरुले निकै रुचाएको बताए । गुणस्तरलाई ख्याल गर्दै नेपाली ब्रान्डहरुले बहुराष्टिय ब्रान्डहरु सँग प्रतिस्प्रधा गर्न सफल भएको पनि बताए । १९ बर्षको अवसर सँगै डिआरएन इलेक्ट्रोनिक्सले तिन साता भित्र रुसमा हुन गइरहेको विश्वकप फुडबलका लागी आर्कषक अफर सहितको विशेष योजना समेत ल्याएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *