औगोगिकरण विना आर्थिक सम्बृद्धि असम्भव : प्रचण्ड

काठमाडौं, ११ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले औद्योगीकरण विना आर्थिक समृद्धिको नारा केबल कोरा कल्पना मात्र भएकाले बताएका छन् । अब राष्टिय औद्योगीकरण र व्यापार बिविधीकरणको माध्यबाट मुलुकलाई आर्थिक समृद्धि र सुशासन तर्फ डो¥याउनुपर्ने उनको भनाई थियो ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको १२ औ बर्षको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अहिले विश्व बजारमा विश्वव्यापीकरण, निजीकरण र उदारबाद जस्ता विषय हावी भएको भन्दै उनले आफुले जनतालाई गरेको प्रतिबद्धता र संकल्पलाई अवसर र चुनौतीका रुपमा लिएको बताए । साथै राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर नेपाललाई त्रिदेशीय साझेदारीका माध्यमबाट लाभान्वीत बनाउन तिर जानु पर्ने बताए ।

त्यस्तै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष तथा सल्लाहकार श्याम बहादुर पाठकले राष्टिय बचत बढाउन उपभोगमा न्युनिकरण, वित्तिय सघनता बढाइ बचत गर्ने बानीमा बृद्धिल्याइ आन्तरीक स्रोतबाट लगानी बढाउनु पर्नेमा जोड दिए । साना तथा मझौला उद्योग मुलुकको औद्योगी करणको आधार स्तम्भ भएकाले भन्दै उनले उद्यमशिलता प्रर्वद्धन गर्न प्राविधीक तालीम, कर्जा, बजार व्यवस्थापनको सिप, पुर्वाधार निमार्ण र मुल आर्थिक क्षेत्रको प्राथामिकतामा सरकारले ध्यान दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *