नागबेली लघुवित्तको सत प्रतिशत हकप्रद शेयर स्विकृत

काठमाडौं, ११ जेठ । नेपाल धितोपत्र बोर्डले नागबेली लघुवित्त विकास बैंकलाई हकप्रद शेयर निष्कासनको अनुमती दिएको छ । लघुवित्तले १ बराबर १ अर्थात सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
लघुवित्तले एक सय रुपैयाँ अंकित मुल्य भएको ७ करोड ६६ लाख ४६ हजार ३१५ रुपैयाँ बराबरको ७ लाख ६६ हजार ४६३.१५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयर निष्कासनको लागि लघुवित्तले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
हकप्रद शेयर पछि लघुवित्तको चुक्ता पुँजी १५ करोड ३२ लाख रुपैयाँ पुग्ने छ । लघुवित्तको हाल चुक्ता पुँजी ७ करोड ६३ लाख रुपैयाँ रहेको छ ।