होटल र्याडिसनद्वारा फ्रूट सोकीङ्ग कार्यक्रम आयोजना
काठमाडौं, २९ कात्तिक । र्याडिसनद्वारा होटल काठमाडौंले १३ नोवेम्बरमा फ्रूट सोकीङ्ग कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा विभिन्न समुदायका महिला प्रोफेसनको सहभागीता रहेको बताइएको छ ।
होटलका जेनेरल मेनेजर, सुब्रोतो बेनेर्जीले सबै आमंत्रित हरुलाई स्वागत र धन्यबाद दिदै कार्यक्रमको सुरुवात गरेका थिए ।
सो कार्यक्रममा होटलका एकजिक्युटिभ सेफ सुनल कृष्ण कबिराज ठाकुरले फ्रूट सोकीङ्ग बारे जानकारी गराएका थिए ।
होटलले बर्षों देखि ड्राई फ्रुट, मसला, जडिबुटी र विभिन्न किसिमका पेय पदार्थ मिसाएर क्रिसमसको लागी केक तयार पारिने उनले बताएका थिए ।
इतिहासमा क्रिसमसको लागी तयार पारिने केकको सामाग्री कम्तीमा एक महिना अगाडी मिश्रण गरेर राख्नु पर्ने चलन छ । सहभागीहरुले उक्त मिश्रण तयार पारेका थिए ।