Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

८.५ प्रतिशत पुग्यो उपभोक्ता मूल्यवृद्धि

८.५ प्रतिशत पुग्यो उपभोक्ता मूल्यवृद्धि

काठमाडौं, ३० कात्तिक । सरकारले चालू आर्थिक वर्षमा मुद्रास्फीतिलाई ७ प्रतिशत सीमित राख्ने लक्ष्य लिइरहँदा आवको पहिलो ३ महीनामा उक्त विन्दु पार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्यांक अनुसार सो अवधिमा उपभोक्ता मुद्रास्फीति वार्षिक विन्दुगत आधारमा ८.५ प्रतिशत पुगेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा यो ४.२४ प्रतिशत मात्र थियो ।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ८.०५ प्रतिशत रहेको छ । यस्तै सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ । सो अवधिमा सबैभन्दा धेरै मूल्यवृद्धि तराई क्षेत्रमा भएको छ, जुन ९.४२ प्रतिशत छ । यस्तै काठमाडौं उपत्यकामा ६.९३, पहाडी क्षेत्रमा ८.८४ र हिमाली क्षेत्रमा ७.०७ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x