Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

तीन महिनामा २३ खर्ब ५५ अर्ब तरलता व्यवस्थापन

तीन महिनामा २३ खर्ब ५५ अर्ब तरलता व्यवस्थापन

काठमाडौं, १ मंसिर । पछिल्लो समय बैंक प्रणालीमा तलरता अभाव समस्याकै रूपमा बढिरहेका बेला चालू आर्थिक वर्षको पहिलो तीन महिनामा साढे २३ खर्ब रुपैयाँ बराबरको तरलता प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन, भदौ र असोज महिनामा रिपोमार्फत १८८ अर्ब ६६ करोड, सोझै खरिद बोलकबोलमार्फत ४३ अर्ब ७० करोड र स्थायी तरलता सुविधामार्फत २१२२ अर्ब ७३ करोड गरी कुल २३५५ अर्ब ९ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरिएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा खुला बजारका विभिन्न उपकरणहरुमार्फत खुद रू. ९४८ अर्ब १७ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु)बाट अमेरिकी डलर १ अर्ब २० करोड खुद खरीद गरी १५४ अर्ब ४ करोड तरलता प्रवाह गरेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x