Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

घरजग्गाको कारोबार घट्दा राजस्वमा धक्का

घरजग्गाको कारोबार घट्दा राजस्वमा धक्का

काठमाडौं, ५ मंसिर । पछिल्लो समय घरजग्गाको कारोबार घट्दा यस क्षेत्रबाट प्राप्त हुने राजस्व संकलनमा समेत ह्रास आएको छ । भूमि व्यवस्थापन विभागको तथ्याङ्कअनुसार गत वर्षको कात्तिकमा भन्दा यस वर्ष घरजग्गाको लिखत पारितलगायतका कारोबार र त्यसबाट प्राप्त हुने राजस्वसमेत आधा घटेको छ।

विभागका अनुसार कात्तिकमा देशभरका मालपोत कार्यालयबाट तीन अर्ब ७६ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ। जब कि अघिल्लो कात्तिकमा यस्तो रकम पाँच अर्ब ७० करोड रुपियाँ थियो। समीक्षा अवधिमा देशभर मालपोतको मुख्य कारोबार लिखत पारित नै खस्किएकाले राजस्वमै प्रत्यक्ष असर परेको हो। गत कात्तिकमा ५० हजार ८३ लिखत पारित भएकोमा यस वर्ष सोही महिनामा २७ हजार ९३९ वटा मात्र लिखत पारित भएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *