Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

१ खर्ब ५ अर्बभन्दा बढी पुनर्कर्जा लगानीमा

१ खर्ब ५ अर्बभन्दा बढी पुनर्कर्जा लगानीमा

काठमाडौं, ५ मंसिर । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपाल राष्ट्र बैंकद्वारा सहुलियत दरमा प्रदान गरिँदै आएको पुनरकर्जा १ खर्ब ५ अर्ब ४७ करोड रुपैयाँ लगानीमा रहेको छ । केन्द्रीय बैंकका अनुसार मसान्तसम्ममा १ लाख ४७ हजार ६४२ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २ खर्ब १० अर्ब ४७ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ६१ ऋणीलाई प्रवाह भएको १ खर्ब ३८ अर्ब २१ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार ७ सय ५० महिला उद्यमीलाई प्रवाह भएको ६८ अर्ब ६९ करोड कर्जा बक्यौता रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय ३१ ऋणीको ३ अर्ब ५७ करोड कर्जा बक्यौता रहेको छ । ‘यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा असोज मसान्तसम्ममा ९० करोड ३४ लाख बक्यौता रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x