Shangrila

नेशनल लाईफको अभिकर्ता भेला तथा सम्मान कार्यक्रम

काठमाडौ, ८ मंसिर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले सुदुरपश्चिम प्रदेश को महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम मंसिर ७ गते सम्पन्न गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

प्रमुख कार्यकारी अधिकृतले, कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई सक्षम र व्यवसायिक बनाउदै लैजाने नीति अनुरुप कम्पनीले अभिकर्ता संग सम्बन्धित विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको र सोही क्रममा महेन्द्रनगरमा यो कार्यक्रम गरिएको जानकारी गराए ।

कार्यक्रममा महेन्द्रनगर शाखासंग आवद्ध भई जीवन बीमा व्यवसायमा सक्रिय रहनु भएका करिब १७५ जना अभिकर्ताहरुको उपस्थिती रहेको थियो भने सो शाखाबाट उत्कृष्ठ व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले खादा माला र मायाको चिनोले सम्मान गरेका थिए ।

सम्मानित अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नो कार्यथलो महेन्द्रनगरमा नै सम्मानित हुन पाउँदा अति नै खुशी लागेको बताएका थिए ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *