Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गरिमा बैंकद्वारा स्थापना दिवसको अवसरमा क्रेडिट कार्डको शुभारम्भ

गरिमा बैंकद्वारा स्थापना दिवसको अवसरमा क्रेडिट कार्डको शुभारम्भ

काठमाडौं, ८ मंसिर । गरिमा विकास बैंक लिमिटेडले मंसिर ७ गते, बुधवार आफ्नो स्थापनाकालको १५औं वर्ष पूरा गरि १६औं वर्षमा लागेको छ । बैंकले स्थापना दिवसको अवसर पारेर क्रेडिट कार्डको शुभारम्भ गरेको छ ।

यस्तै सोही अवसरमा बैंकले रक्तदान मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट (काठमाडौं) एवं कोहलपुर (बाँके), बेनि (म्याग्दी), बुटवल (रुपन्देहि), वालिङ (स्याङ्जा), पोखरा (कास्की), नारायणगढ (चितवन), मलंगवा (सर्लाही) र चन्द्रगढी (झापा) मा रहेका यस विकास बैंकका कलष्टर तथा शाखा कार्यालहरुबाट बृहत रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमहरुमा जम्मा ६१३ युनिट रगत संकलन भएको छ ।

हाल बैंकले रु ७२ अर्ब निक्षेप संकलन गरेको छ भने रु. ६३ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ७ लाख ग्राहकहरुलाई सेवा पु¥याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा सन्तोषजनक तथ्य रहेको बताइएको छ ।

यस विकास बैंकले नेपाल भर १२१ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x