Shangrila

साढे १० प्रतिशत लाभांश दिदै युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर

काठमाडौं, ८ मंसिर । युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले लाभांश घोषाण गरेको छ । मंसिर ७ गते  कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयधनीलाई १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि मंसिर २८ मा १३औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि  मंसिर १६ मा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) हुने कम्पनीले जनाएको छ । जस अनुसार कम्पनीको प्रस्तावित लाभांश  मंसिर १५ सम्म कायम सेयरधनीले प्राप्त गर्नेछन् ।

कम्पनीको प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयधनीमा वितरण हुनेछ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *