नगदरहित अर्थतन्त्र आजको आवश्यकता : गभर्नर महाप्रसाद अधिकारी
काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको बताएका छन् । सिभिल बैंकले बाह्रौं वार्षिकोत्सवको अवसरमा जावलाखेलको ‘गो क्यासलेस’ अभियानको समुद्घाटन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरीे आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा जावलाखेलको ‘गो क्यासलेस’ अभियानको समुद्घाटन समारोह बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको लगत्तै नेपालगंज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी कूल छ स्थानहरुका ट्याम्पुहरुमा क्यू आर कोड मार्फत भाडा भुक्तानीको थालनी गरीने सिभिल बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने निती अनुरुप यस बैंकले सफा टेम्पूहरुको भाडा क्यू आर कोड मार्पmत भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता प्रदान गरेको बताइएको छ ।
अब सो क्षेत्रका टेम्पोहरुमा यात्रा गर्ने यात्रीहरुले मोबाईल बैकिङ्ग एप अथवा स्मार्ट वालेट एप मार्फत बिना कुनै झन्झट भुक्तानी गर्न सक्नेछन जस्ले गर्दा खुद्रा पैसाको झन्झटबाट पनि मुक्ती मिल्ने विश्वास छ ।
यस्तै बैंकको जावलाखेल शाखामा प्रायोरीटि बैंकिङ्ग सेवाको शुरु गरेको छ जसको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डे तथा बैंकका निक्षेपकर्ता धनञ्जय आचार्यले संयुक्त रुपमा गरेका थिए ।