एनआईबिएल एस क्यापिटल र एचएमडिएल लगानी सम्झौता
काठमाडौं, १२ मंसिर । एनआईबिएल एस क्यापिटल लिमिटेड र एच मेडिकल एन्ड डायग्नोस्टिक्स प्राइभेट लिमिटेड (एचएमडिएल) बीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा एनआईबिएल एस क्यापिटलको तर्फ बाट प्रमुखकार्यकारी अधिकृत श्री शिवान्तबहादुर पाँडे र एचएमडिएलको तर्फ बाट अध्यक्ष अभिषेक दुगडले हस्ताक्षर गरेका हुन् ।
एनआईबिएल एस क्यापिटलले एचएमडिएलमा केहीन्युनतम हिस्सेदारी पनि प्राप्त गर्नेछ । टाटा समूहसँगको सहकार्यमा, एचएमडिएलले फार्मास्युटिकल्स औषधि, एन्टिजेन्स डायग्नोस्टिक रिएजेन्टस् र अन्यउत्पादनहरु पनिउत्पादन गरी बिक्रि गर्ने लक्ष्य राखेको छ । कोभिड १९ का बीच सन् २०२१ मा एचएमडिएलको स्थापना भएको थियो ।
एचएमडिएलले टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स संगको सहकार्यमा मेडिकल लगायतनिदानकारी उत्पादनहरूको विकास, उत्पादन र बजारीकरण गर्दछ । टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स भारतको सबैभन्दा ठूलो समूह, टाटा समूहको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी होे । एचएमडीएलले टाटा मेडिकल एण्ड डायग्नोस्टिक्सद्वारा निर्मित सुलभ पीसीआर किटहरू आयात गरेर चाँडै आफ्नो छुट्टै पहिचान समेत निर्माण गरेको थियो । एचएमडिएलले कोभिड पिसिआर किट र रिएजेन्टसको अत्याधिक बिक्री गर्नुका साथै उच्च पहिचान भएका ब्रान्डको पोर्टफोलियो निर्माण समेत गरेको छ । साथै नेपालका पहाडी तथादुर्गम क्षेत्रहरुमा पनि मोबाइल भ्यानका माध्यमबाट निदान परिक्षण गर्ने व्यवस्था ल्याएको छ ।
टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स, भारतसँगको सहकार्यमा, नेपालभर सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रमुख उद्देश्यका साथकम्पनीले नेपालमा नै डायग्नोस्टिक र रिएजेन्ट उपकरण उत्पादन गर्न पूर्ण विकसितउत्पादन इकाईहरू स्थापना र सञ्चालन गर्ने योजना बनाएको छ, साथै देशभर उच्च प्रविधियुक्त डायग्नोस्टिक सेन्टरहरू स्थापना गर्ने र विभिन्न उत्पादनहरू लाई बजारमा ल्याउने योजना समेत रहेकोे छ ।
एचएमडिएलले नेपालमा स्वास्थ्य सेवाको पहँुँचलाई थप सुलभ बनाउँदैे सम्पूर्ण राष्ट्रलाई फाइदा पु¥याउने लक्ष्य समेत राखेको छ ।