Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सेवा क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने कम्पनीक प्रभु क्यापिटल सम्मानित

सेवा क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने कम्पनीक प्रभु क्यापिटल सम्मानित

काठमाडौं, १२ मंसिर । प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७७÷७८ मा सेवा क्षेत्र मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ ।

एघारौं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व विभाग तथा सो अन्तरगतका कार्यालयहरुले आर्थिक वर्ष २०७७÷७८ मा विभिन्न विधामा अधिकतम कर योगदान पु¥याउने करदाता संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ ।

सोही अवसरमा आन्तरिक राजस्व कार्यालय पुतलीसडकले आफ्नो कार्य सेवाबाट सबैभन्दा बढी कर दाखिला गर्नेलाई गरेको सम्मानमा सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल लिमिटेडले कदर स्वरुप सम्मानपत्र प्राप्त गरेको हो । उक्त आर्थिक वर्ष २०७७÷७८ मा प्रभु क्यापिटलले १२ करोड कर तिरेको थियो ।

राष्ट्रिय कर दिवसको अवसरमा पुतलीसडक आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा कार्यालयका प्रमुख कर अधिकृत श्री गजेन्द्र प्रसाद यादवले क्यापिटललाई सम्मान गरेका हुन् भने क्यापिटलको तर्फबाट वित्त विभागका ईन्चार्ज रोशन केसीले सो सम्मानपत्र ग्रहण गरेका हुन् ।

देश विकासका खर्चहरूको लागि करले महत्वपूर्ण भूमिका खेल्दछ । साथै, यसले सरकारलाई सार्वजनिक सेवाहरू गर्न र सरकारको कामलाई कायम राख्न मद्दत गर्दछ । नेपालमाआर्थिक वर्ष २०७७÷७८ मा रहेको कोभिडको दोस्रो लहरका बाबजुत वित्तीय तथा सेवा क्षेत्रमा कार्य गर्ने निजी तथा सार्वजनिक कम्पनीहरुले उल्लेखनीय कर योगदान गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x