Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

घट्याे सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?

घट्याे सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं, १२ मंसिर । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार स्थिर रहेकाे सुनकाे मूल्य प्रतिताेला ९७ हजार ८०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै तेजाबी सुनकाे मूल्य आज प्रतितोला ९७ हजार रुपैयाँ कायम भएकाे छ । तेजावी सुन आइतबार प्रतिताेला ९७ हजार ३०० रूपैयामा कारोबार भएकाे थियाे ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १२ सय रुपैयाँ ९५ मा कारोबार भएको थियो। आइतबारको तुलनामा आज चाँदी तोलामा १० रुपैयाँ घटेको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *