Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

किन उठ्न सकेन लक्ष्य अनुसार राजस्व ?

किन उठ्न सकेन लक्ष्य अनुसार राजस्व ?

काठमाडौं, १२ मंसिर । चालू आर्थिक वर्ष २०७९÷८० को पहिलो ४ महिनामा आन्तरिक राजस्व लक्ष्य अनुसार उठ्न सकेको छैन । साउनदेखि कात्तिकसम्ममा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको हो ।

आन्तरिक राजस्व विभागका अनुसार सो अवधिमा आन्तरिकतर्फ रू. १ खर्ब ४१ अर्ब १५ करोड राजस्व संकलनको लक्ष्य रहेकोमा १ खर्ब २४ अब ८५ करोड राजस्व असुली भएको छ, जुन लक्ष्यभन्दा १२.५५ प्रतिशतले कमी हो ।

चालु आर्थिक वर्षको चार महिनामा निर्धारित लक्ष्य अनुसार राजस्व संकलन हुन नसक्नुमा मुख्यतः घरजग्गा कारोबारमा आएको मन्दी प्रमुख कारण मानिएको छ । विभागका निर्देशक एवं प्रवक्ता राजुप्रसाद प्याकुरेलले पछिल्लो समय घरजग्गाको कारोबार घट्दा राजस्व संकलनमा समेत असर परेको बताएका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लागू गरेको भूउपयोग नियमावलीको कार्यान्वयनमा ल्याएपछि घरजग्गाको कारोबार घटेको छ । उक्त नियमावलीमा जग्गालाई १० वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । यसको जिम्मेवारी स्थानीय तहहरूलाई दिइएको छ । तर अधिकांश स्थानीय तहहरूले जग्गाको वर्गीकरण गर्न नसक्दा कित्ताकाटमा कमी आएको छ । यसले समग्रमा कारोबार घट्दा राजस्व समेत प्रभावित भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x