Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

थप ६७ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिँदै

थप ६७ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिँदै

काठमाडौं, १२ मंसिर । निर्माणाधीन जलविद्युत् आयोजनाहरु सम्पन्न भएर विद्युत् उत्पादन हुने क्रम बढ्दै गर्दा थप ६७ मेगावाट विद्युत्् राष्ट्रिय प्रणालीमा जोडिने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार मङ्सिर महिनामा मात्रै चार आयोजनाबाट ६७ मेगावाट विद्युत् थप हुँदै छ । यीमध्ये लमजुङमा रहेको २५ मेगावाटको अप्पर दोर्दी ए आयोजनाले परीक्षण उत्पादन थालिसकेको छ । पुसमा १० मेगावाटको मार्कीगाड, ४.७२ मेगावाटको अप्पर पिलुवा, ४.५५ मेगावाटको अपर माछाखोलाले व्यावसायिक उत्पादन थाल्ने तयारीमा छन् ।

माघमा वर्षभरिकै धेरै एकै पटक २४४.२६ मेगावाट क्षमताका विद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन गर्ने योजना विद्युत् विकास विभागमा पेस गरेका छन् । ८६ मेगावाटको सोलुखोला (दूधकोसी), ५४ मेगावाटको सुपरदोर्दी, ४४ मेगावाटको सुपरमादी, ३८ मेगावाटको अप्पर कलगागाडलगायत नौ जलविद्युत् आयोजना पनि माघमै विद्युत् उत्पादन थाल्ने योजनामा छन् ।

फागुन महिनाभरमा नेपालमा विद्युत्को जडित क्षमता ८४.३ मेगावाट थप हुनेछ । थपिने आयोजनामा ३३.४ मेगावाटको लिखु–२, १० मेगावाटको तल्लो पिलुवा, १४ मेगावाटको मायाखोला, १८ मेगावाटको अप्पर सोलुखोलालगायत सातवटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गर्दै छन् ।

यसअनुसार फागुनसम्म थपिने ५४३ क्षमताका विद्युत् आयोजनाका कारण नेपाल विद्युत् प्राधिकरणलाई भारतबाट कम मात्रै विद्युत् आयात गरे पुग्ने अवस्था आएको छ । यद्यपि सबै आयोजना जलप्रवाही भएकाले जडित क्षमताको करिब ४० प्रतिशत मात्रै विद्युत् उत्पादन हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x