Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनचाँदी महासंघको आयकर तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी सचेतना पुस्तक सार्वजनिक

सुनचाँदी महासंघको आयकर तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी सचेतना पुस्तक सार्वजनिक

काठमाडौं, १३ मंसिर । नेपाल सुनचाँदी ब्यवसायी महासंघले आयकर तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी विभिन्न गतिविधी समेटेर तयार गरेको सचेतना पुस्तक सार्वजनिक गरेको छ । महासंघको केन्द्रिय कार्यालय नक्सालमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच पुस्तक सार्वजनिक गरिएको हो ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यले पुस्तक सार्वजनिक गर्दे यस किसिमको पुस्तक पहिलो पटक सार्वजनिक भएको उल्लेख गर्दै यसले आम सुनचाँदी ब्यवसायीलाई फाइदा पुग्ने बताए । कर र राजस्वका विषयमा यसअघि ब्यवसायीलाई धेरै अन्यौलता भएको उल्लेख गर्दै उनले आगमी दिनमा यस्ता समस्या क्रमशः समाधान हुने धारणा राखेका थिए ।

पुस्तकमा कर राजस्वका सम्बन्धमा सुनचाँदी ब्यवसायीलाई आवश्यक पर्ने विषयवस्तुहरु समेटिएको छ । महासंघको राजस्व तथा सम्पत्ति शुद्धिकरण परामर्श समितिका संयोजक मोहन काजी शाक्यको अग्रसरतामा सो पुस्तक तयार गरिएको हो । संयोजक शाक्यले ब्यवसायीलार्य कर र राजस्वका सम्वन्धमा परेको कठीनाईलाई केही हदसम्म भए पनि समाधानगर्न सहयोग पुग्ने उद्धेश्यले पुस्तक तयार गरिएको बताएका थिए ।

यसक्रममा महासंघका विभिन्न पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । सहभागीहरुले सुनचाँदी ब्यवसायीलाई सहयोग पुग्ने यस किसिमका पुस्तक आगमी दिनमा पनि प्रकाशन गर्न सुझाव दिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x