Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली नियुक्त

आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली नियुक्त

काठमाडौं, १३ मंसिर । आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त भएका छन् । यसअघि राजस्व अनुसन्धान विभागलगायत विभिन्न निकाय र जिम्मेवारीमा रहेका मैनालीलाई अर्थ मन्त्रालयले विभागको महानिर्देशकमा नियुक्त गरेको हो । ओली नेतृत्वको सरकारको पालामा मैनाली राजस्व अनुसन्धान विभागको महानिर्देशक थिए ।

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीस्तरीय निर्णय गरी विभागका महानिर्देशक रितेश शाक्यलाई अर्थ मन्त्रालय तानेर मैनालीलाई आन्तरिक राजस्व पठाएको हो। मंगलबार नियुक्तिपत्र बुझेका मैनाली भाेलि बुधबारदेखि कार्यभार सम्हाल्ने भएका हुन् ।

निर्वाचन अघिनै  मैनालीलाई विभागको महानिर्देशक बनाउन निर्वाचन आयोगसँग मन्त्रालयले सहमति मागेको थियो। चुनावपछि उनलाई सो विभागको जिम्मेवारी दिइएको हो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x