Date

सोम, जेष्ठ ७, २०८१
Mon, May 20, 2024

वीरगञ्ज भन्सारद्वारा चौमासिक लक्ष्यको ६७ प्रतिशत मात्र राजस्व असुली

वीरगञ्ज भन्सारद्वारा चौमासिक लक्ष्यको ६७ प्रतिशत मात्र राजस्व असुली

काठमाडौं, १४ मंसिर । बढ्दो ब्याजदर, चारओटा वस्तुमा कायम रहेको आयात प्रतिबन्ध लगायत कारण सरकारको समग्र राजस्व संकलन प्रभावित भइरहेको छ । यस्तोमा मुलुककै सबैभन्दा ठूलो भन्सार नाका वीरगञ्ज भन्सारले पनि लक्ष्य अनुसार राजस्व असुली गर्न सकेको छैन ।

भन्सार विभागले उक्त भन्सार कार्यालयलाई चालू आर्थिक वर्षको पहिलो चार महिनाका लागि ७८ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा ५२ अर्ब २५ करोड रुपैयाँ मात्र संकलन भएको छ, जुन निर्धारित लक्ष्यको ६७ प्रतिशत हो ।

सो भन्सार कार्यालयले कुनै पनि शीर्षकमा लक्ष्य भेट्न सकेको छैन । सबैभन्दा बढी राजस्व संकलन मूल्य अभिवृद्धि करतर्फ २३ अर्ब ९५ करोड रुपैयाँ असुली भएको छ भने दोस्रोमा भन्सार महसुल (आयात)तर्फ १८ अर्ब ४६ करोड रुपैयाँ संकलन भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x