Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

मुलुकको अर्थतन्त्र सन्तुलनमै रहेको अर्थमन्त्री शर्माको दाबी

मुलुकको अर्थतन्त्र सन्तुलनमै रहेको अर्थमन्त्री शर्माको दाबी

काठमाडौं, १२ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै संकट नआएको दाबी गरेका छन् । बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजनको) २औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्कहरू सुधारोन्मुख अवस्थामा रहेको बताएका हुन् ।

‘अर्थतन्त्रमा कुनै संकट छैन, यद्यपि केही चुनौती भने अझै बाँकी छन् । अर्थतन्त्रमा संकट छ भन्नु बुझाइमा कमजोरी मात्र हो,’ अर्थमन्त्री शर्माले भने । निजीक्षेत्रसँग सहकार्य गरेर चुनौतीहरूको समाधान गर्नुपर्ने उनले बताए ।

सोही कार्यक्रममा पूर्वअर्थमन्त्री विष्णु पौडेलले विगतदेखि वर्तमानसम्मका सरकारले आर्थिक विकासका लागि गरेका कामहरूको विस्तृत समीक्षा गरिनुपर्ने औंल्याए ।

यस्तै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रको अप्ठ्यारो स्थिति सहज बनाउन निजीक्षेत्र र सरकारबीच समन्वयको खाँचो रहेको बताए । आर्थिक एजेण्डामा निजीक्षेत्र र सरकारबीच रहेको सहकार्यको खाडल अन्त्य हुनुपर्नेमा उनले जोड दिए । ‘अब बन्ने सरकार र विशेषगरी प्रधानमन्त्रीले निजीक्षेत्रसँगको सम्बन्ध सुदृढ बनाउन आवश्यक छ,’ उनले भने ।

यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत वर्षभर तीव्र दबाब झेलेको नेपालको अर्थतन्त्र अहिले तुलनात्मक रूपमा सहज अवस्थामा रहेको बताए । पछिल्लो तीन महिनामा शोधनान्तर बचतमा गएको भन्दै उनले उक्त तथ्यांकले अर्थतन्त्रमा सुधारको संकेत गरेको बताए । यद्यपि अझै केही समस्या रहेको स्वीकार्दै गभर्नर अधिकारीले चालु पूँजी कर्जा कार्यविधिको प्रावधानबारे हाल निजीक्षेत्रले विरोध गरिरहेकोमा खुला बहस गर्न राष्ट्र बैंक तयार रहेको बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x