Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सगरमाथा सहित २८ हिमालबाट रु ४१ करोड रोयल्टी संकलन

सगरमाथा सहित २८ हिमालबाट रु ४१ करोड रोयल्टी संकलन

काठमाडौं जेठ १३ । यस वर्षको वसन्त ऋतुमा आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम रोयल्टी संकलन भएको छ । सगरमाथा आरोहणबाट मात्र रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ ।   ल्होत्से कञ्चनजङ्घा, धौलागिरी,आमाडब्लाम र मनास्लुबाट मानास्लु हिमालबाट रोयल्टि संकलन गरिएको पर्यटन विभागले जनाएको छ ।

वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो । यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् ।  अघिल्लो वर्षको वसन्त ऋतुमा ४३ समूहका ३६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । विगतका बर्षहरुमा भन्दा यस पटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणको क्रममा तीन जनाको मृत्यु भएको छ । यस्तै हिम पहिरोमा परी एकजना मात्रै बेपत्ता भएका छन।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x