Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

 यस कारण रोकियो नेपाली कामदार मलेसिया जान

 यस कारण रोकियो नेपाली कामदार मलेसिया जान

काठमाडौै जेठ १२ । सरकारले बैदेशिक रोजगारका लागि मलेसिया जान लिनुपर्ने पुर्व श्रम स्वीकृति बन्द गर्दै रोजगारिका लागि मलेसियमा जान  केहि समयका लागि रोक लागाएको छ । श्रम तथा समाजिक शुरक्षा मन्त्री गोकर्ण विष्टको निर्देशनमा तत्काल केहि समयका लागि नेपाली कामदारलाइ मलेसिया जान पूर्व स्वीकृत लिने काम बन्द गरेको हो ।

वैदेशिक रोजगार ब्यायसायीसघको सिण्डिकेटको विरुद्धमा रहेका मन्त्री विष्टले मलेसिया जाने कामदारमाथि भइरहेको अन्याय हटाउन मलेसियाको सरकारमाथि नैतिक दाबव सृजना गर्न तत्कालका लागि मलेसियाको पूर्व स्वीकृत लिन कार्य बन्द गर्ने निर्देशन दिएका हुन । विभिन्न नाममा कामदारसँग रकम असुल्ने गरी संयन्त्रहरु खडा गर्ने काम भएको यो नहटेसम्म कामदार मलेसिया पठाउन  नसकिने निश्कर्षमा मन्त्री बिष्ट पुगेका छन् ।

वैंदेशिक रोजगारीमा जाने कामदारहरुलाई आर्थिक भार पार्ने काम गरिरहेको भन्दै जिएसजी, माइग्राम, बायोमेटिक, ओएससी लगायतका संस्थाहरु खारेज गरिएको छ ।  यसअघी नेपाल स्थित मलेसियाको दूतावासले कामदार पठाउदा गर्नुपर्ने सुरक्षा दिने प्रक्रिया अर्थात ‘इमिग्रेसन सेक्युरेटी क्लियरेन्स’ एक हप्ताको लागि बन्द गरेको बताएको थियो ।

सरकारो यो निर्णय सँगै नयाँ कामदार छनौट प्रक्रिया रोकिएको छ । कामदारसँग लिने गरिएको अतिरिक्त शुल्क बन्द गर्न पहल थालेको सरकारले भने उक्त प्रक्रिया बन्द नभएसम्म पछि नहट्ने जनाउँदै ‘इमिग्रेसन सेक्युरेटी क्लियरेन्स खुलाउन नेपाली कामदारमाथी मलेसियन सरकारले लगाउदै आएको अनावश्यक लेवी हटाउन  मलेसिया सरकारसँग कूटनीतिक पहल समेत भइरहेको जनाएको छ।

कामदारको एउटा मुख्य गन्तव्य मुलुक मानिएको मलेसियामा मासिक १० हजारको हाराहारीमा नेपाली कामदार जाने गरेको श्रम विभागको तथ्याङ्कमा देखिन्छ ।

 

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x