सीएनआई बजेट वाच: उद्योग सम्वन्धि ५५ बुँदामा समावेश कार्यक्रमलाई अघि बढाउन दबाब
काठमाडौं, १६ मंसिर । नेपाल उद्योग परिसंघ (सीएनआई )ले बजेट वाच कार्यक्रमकाे आयाेजना गरी उद्योग सम्वन्धि ५५ बुँदामा समावेश कार्यक्रमलाई अघि बढाउन दबाब दिएकाे छ। प्रत्येक वर्ष बजेटमा कार्यक्रम आउने र कार्यान्वयन नहुने समस्या भएपछि सीएनआईले दबाब कार्यक्रम सुरु गरेकाे सीएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले बताएका हुन्।
शुक्रबार आयाेजित उक्त कार्यक्रममा बजेटको ५५ बुँदालाई ८ वटा क्षेत्र औद्योगिक विकास, नव प्रर्वर्तन, औद्योगिक क्षेत्र व्यास्थापन, मेक इन नेपाल स्वदेशी, उर्जा, निर्यात प्रवर्द्धन, कृषि, पुर्वाधार साना तथा मझौला उद्योग, पर्यटन, सार्वजनिक निजी साझेदारी र सूचना प्रविधिमा विभाजन गरिएकाे छ ।
बजेटले स्वदेशी उद्योग र मेक इन नेपाललाई उच्च प्राथमिकता दिएकाे भए पनि कार्यान्वयनमा समस्या देखिएकाे अग्रवालले बताए । यसका लागि मन्त्रालयगत समन्वयमा कमी देखिएको उनकाे गुनासाे छ।
यस्तै उक्त कार्यक्रममा बाेल्दै नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले नेपालकाे अर्थतन्त्र अहिलेको सहज नरहेकाे बताए । अर्थतन्त्र सहज नहरेपनि सङ्कटकै अवस्थामा भने नरहेको बताउँदै उनले छलफलको क्रममा आएका समस्याहरूलाई समाधानमुखी बनाउनुपर्ने बताए ।
एउटा क्षेत्रलाई मात्र अगाडि बढाउँदा विकास नहुने बताउँदै उनले सनतुलित तरिकाले मात्रै विकास सम्भव हुने बताए ।