Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

कृषि क्षेत्रमा वाणिज्य बैंकको १२.३८ प्रतिशत कर्जा प्रवाह

कृषि क्षेत्रमा वाणिज्य बैंकको १२.३८ प्रतिशत कर्जा प्रवाह

काठमाडौं, १८ मंसिर । वाणिज्य बैंकहरुले पाँच खर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा पाँच खर्ब १९ अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी गरेको गरेको छ । यस अवधिमा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब २४ अर्ब ४५ करोड १० लाख रुपैयाँ रहेको र यसमध्ये १२ दशमलव ३८ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह भएको देखिएको छ ।

गभर्नर अधिकारीका अनुसार ऊर्जा क्षेत्रमा भने वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जा लगानीको पाँच दशमलव ८४ प्रतिशत अर्थात् दुई खर्ब ४५ अर्ब नौ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसैगरी लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा एक करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्षरुपमा प्रवाह भएका विपन्न वर्ग कर्जा समेत गरी कुल नौ दशमलव ४९ प्रतिशत अर्थात् तीन खर्ब ९८ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यस अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप रकम भने ४५ खर्ब ४८ अर्ब ५७ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

विकास बैंकहरुले २०८० असार मसान्तसम्म आफ्नो कुल कर्जा लगानीको १९ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यमरव्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ असोज मसान्तमा उक्त क्षेत्रहरुमा औसत २६ दशमलव ११ प्रतिशत अर्थात् एक खर्ब १३ अर्ब ८० करोड कर्जा प्रवाह गरेको गभर्नर अधिकारीले बताए । यस अवधिमा विकास बैंकहरुको कुल कर्जा रकम चार खर्ब ५४ अर्ब १७ करोड ९० लाख तथा कुल निक्षेप रकम पाँच खर्ब १७ अर्ब ६६ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

फाइनान्स कम्पनीहरुले पनि २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको १४ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यमरव्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ असोज मसान्तमा उक्त क्षेत्रहरुमा औसत २१ दशमलव २२ प्रतिशत अर्थात् १८ अर्ब ३७ करोड कर्जा प्रवाह गरेको गभर्नर अधिकारीको भनाइ छ । यस अवधिमा फाइनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः एक खर्ब पाँच अर्ब ४३ करोड र ९१ अर्ब ५६ करोड ७० लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x