Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

एनसेलको सेवामा समस्या आएपछि कम्पनीले माग्यो माफी

एनसेलको सेवामा समस्या आएपछि कम्पनीले माग्यो माफी

काठमाडाैं, २२ मंसिर । एनसेल आजियाटा लिमिटेडले प्रवाह गर्दै आएको सेवा अवरूद्ध भएको थियो । सेवा अवरूद्ध भएकोमा एनसेलले एक सूचना प्रकाशन गर्दै क्षमा मागेको छ ।

सूचनामा भनिएको छ, ‘यस एनसेल आजियाटा लिमिटेडले प्रवाह गर्दै आएको सेवा आज बिहीबार ९मंसिर २२, २००९० सडक विस्तारका क्रममा बुटवल ( बर्दघाट र दमौली( आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण अवरुद्ध भएको जानकारी गराउन चाहन्छौं । कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको छ । यस अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं ।’

‘अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेल सबैलाई हार्दिक अनुरोध गर्दछ । हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि हामी सम्पूर्ण ग्राहक, साकेदार तथा शुभचिन्तकप्रति आभारी छौं । हामी भरपर्दो र गुणस्तरीय सेवाहरु प्रदान गर्न प्रतिवद्ध छौं’, सूचनामा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x