नाडाको धर्नालाई निकासी पैठारी संघको समर्थन
काठमाडौं, २३ मंसिर । नाडा अटोमोबाइल्स एसोसिएसनअफ नेपालले हिजाे बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको विरोध कार्यक्रममा नेपाल समुद्रपार निकासी पैठारी संघले समेत सक्रिय सहभागिता जनाएर समर्थन गरेको छ ।
विरोध कार्यक्रममा संघकाअध्यक्ष विनोद कुमार सेठिया, महासचिव अनिलकुमार अग्रवाल, सचिव गौरव शारडा, कोषाध्यक्ष प्रभात कुमार सर्राफलगायत कार्यसमितिका सदस्यहरु सहभागी भएका थिए ।
नाडामा आबद्ध अटो व्यवसायीले माइतीघर मण्डलामा धर्ना दिएर आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा राख्नु पर्ने ५० प्रतिशतदेखि १०० प्रतिशत सम्मको नगद मार्जिन हटाउनु पर्ने र पुरानै मार्जिन प्रतिशतको व्यवस्था यथावत राख्नु पर्ने, बैंक ब्याजदर र अटो कर्जा जोखिम भार घटाउनु पर्ने, कर्जाको पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनु पर्ने लगायतका माग राखेका थिए ।