Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

एशियन हाइड्रोपावरको आइपिओ बिक्री खुला

एशियन हाइड्रोपावरको आइपिओ बिक्री खुला

काठमाडाैं, २७ मंसिर । मंगलबारदेखि एशियन हाइड्रोपावरको आइपिओ निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो।

जसमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं १०, माई जोगमाई गाउँपालिका वडा नं ३ र ४ तथा सूर्योदय नगरपालिका वडा ११ का स्थानीय बासिन्दाहरूका लागि ४० प्रतिशत अर्थात् १ लाख ३६ हजार कित्ता र आयोजना अति प्रभावित क्षेत्र बाहेकको इलाम जिल्लाका अन्य क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दाहरुका लागि बाँकी ६० प्रतिशत अर्थात् २ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ।

त्यस्तै, कम्पनीले सर्वसाधारणमा निष्कासन हुनेमध्ये १० अर्थात् ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याएको छ। उक्त सेयर पुस १२ गतेसम्म बिक्रीमा रहनेछ। उक्त अवधिमा सम्पूर्ण कित्ता सेयर बिक्री नभएमा स्थानीय बासिन्दाले भने पुस २७ गतेसम्म आवेदन दिन सक्नेछन्।

यो सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x