Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आन्तरिक कर्जा प्रवाहमा झीनो वृद्धि

आन्तरिक कर्जा प्रवाहमा झीनो वृद्धि

काठमाडौं, २ पुस । चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा कुल आन्तरिक कर्जा प्रवाहमा झीनो वृद्धि भएको छ । आर्थिक वर्ष २०७९÷८० को चार महिनामा कुल आन्तरिक कर्जा २.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५.९ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७९ कात्तिक मसान्तमा यस्तो कर्जा १०.५ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजीक्षेत्रमाथिको दाबी २.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ९.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ कात्तिक मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x