१५० मेगावाटको जवातिला जलविद्युत् आयोजना निर्माण हुने
जुम्ला, २ पुस । जुम्लामा एक सय ५० मेगावाटको जवातिला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणबाट उक्त परियोजना अगाडि बढेको हो ।
प्राधिकरणको करिब रु ३५ अर्ब लगानीमा सो जलविद्युुत् परियोजना अगाडि बढेको कर्णाली प्रदेशका निवर्तमान जुम्लाका सांसद नरेश भण्डारीले जानकारी दिए । अहिले नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ । जुम्ला र कर्णालीका लागि आफ्नै पानीबाट उत्पादन हुने मेगावाटस्तरको जलविद्युत् क्षेत्रमा बृहत् परियोजना अगाडि बढ्ने भएपछि दीर्घकालीन बिजुलीको व्यवस्थापन हुने भएको छ,’ उनले भने । तिला र जवाको पानी प्रयोग गर्नेगरी परियोजना अगाडि बढेको उनले बताए ।
उक्त परियोजना कर्णालीकै लाइफ चेन्जर परियोजना हुने भएको छ । सो योजना क्रमागत रहेको छ । जुम्लामा विद्युत् अभावले लामो समयदेखि सकस भइरहेको समयमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।