Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीलाई सलाम एयरलाईन्सले गर्‍याे सम्मान

नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीलाई सलाम एयरलाईन्सले गर्‍याे सम्मान

काठमाडौं, ६ पुस । सलाम एयरलाईन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरुलाई सम्मान गरेको छ । सन २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरुलाई सम्मान गरेको हो ।

सन् २०१८ देखि नियमित उडान गरिरहेको सलामले हाल विभिन्न ३५ वटा गन्तब्यमा नियमित तथा केही अन्य गन्तब्यहरुमा सिजनल सेवा पु¥याउँदै आएको छ । नेपालमा छिट्टै दैनिक उडान भर्ने जनाएको छ ।

हालै काठमाडौंस्थित एलफ्ट होटलमा आयोजित एक विशेष कार्यक्रमका वीच सलाम एयरलाइन्सले नेपालमा क्रियाशिल ट्राभल्स एजेन्सीहरुलाई विभिन्न विद्यामा सम्मानित ग¥यो ।

विभिन्न विद्याअन्तर्गत टप रेभिन्यु पर्फर्मेन्स अवार्डबाट बेस्ट वे ट्राभल्स एन्ड टुर्स प्रालि, एक्सल ट्राभल्स एन्ड टुर्स प्रालि, हार्वेस्ट मून ट्राभल्स एन्ड टुर्स प्रालि, वोपन अवे ट्राभल्स एन्ड टुर्स प्रालि, प्रयास ट्राभल्स एन्ड टुर्स प्रालि, रस्बिता ट्राभल्स एन्ड टुर्स प्रालि रसी लिन्क ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित हुनुभएको छ ।

त्यस्तै मस्ट इम्प्रुभ्ड रेभिन्यु कन्ट्रीब्यूटर अवार्डबाट मस्र्याङ्दी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएको छ । त्यस्तै हाई ऐस्ट एन्सिलरी रेभिन्यु कन्ट्रीब्यूटर अवार्ड जिओलोजी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएकमो छ । त्यसैगरी राइजिङ्ग स्टार अन्तर्गत मार्वलस ट्राभल्स एन्ड टुर्स प्रालिलाई सम्मान गरेको छ ।

सोही अवसरमा सलाम एयर लाईन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंमा सन्चालित मानसिक सन्तुलन गुमाएका सडक बालबालिका तथा नागरिकहरुको लागि काम गरिरहेको संस्था स्नेही काख नेपाललाई खाध्य सामाग्री तथा लत्ता कपडा बितरण पनि गरेको थियो ।

सलाम एयरलाईन्सको नेपालस्थित जीएसएआइएमई इन्टरनेशनल ट्राभल्स प्रालिले आयोजना गरेको उक्त कार्यक्रम आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सलाम एयरका प्रतिनिधिहरुले बिजेता ट्राभल्सहरुलाई बधाई दिँदै आगामी दिनमा थप सहयोगको अपेक्षा रहेको बताए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x