Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

१ खर्ब २ अर्बभन्दा बढी पुनर्कर्जा लगानीमा

१ खर्ब २ अर्बभन्दा बढी पुनर्कर्जा लगानीमा

काठमाडौं, ७ मंसिर । चालू आर्थिक वर्षको पहिलो चार महिना अवधिमा नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा १ खर्ब २ अर्ब ६० करोड लगानीमा रहेको छ ।

गत कात्तिक मसान्तसम्ममा १ लाख ४८ हजार ४ सय ३३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २ खर्ब १० अर्ब १२ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ४ सय ६१ ऋणीलाई प्रवाह भएको १ खर्ब ३८ अर्ब ६९ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८५ हजार १ सय ३८ महिला उद्यमीलाई प्रवाह भएको ६८ अर्ब ६ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय ३४ ऋणीको ३ अर्ब ३७ करोड कर्जा बक्यौता रहेको छ ।

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ कात्तिक मसान्तमा रू. ८५ करोड ९४ लाख बक्यौता रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x