व्यवसाय र सेवा क्षेत्रलक्षित दुईकाे अवार्ड कार्यक्रम हुँदै आयोजना हुँदै
काठमाडाैं, ७ पुस । कोर्पोरेट क्लब नेपाल, (ग्रोथ सेलेर्सको सिस्टर कन्सर्न)ले कर्पोरेटमा भएका राम्रा गतिविधि र प्रक्रियाहरुलाई प्रोत्साहन गर्न ‘द अवार्ड फर कर्पाेरेट एक्सिलेन्स (एसीइ)’ र समाजलाई प्रेरणादायक सेवा प्रदान गर्नेहरुलाई प्रोत्साहन गर्न ‘द अवार्डस फर डिस्टिंग्युज्ड सर्भिस (एडिएस)’ आयोजना गर्ने भएकाे छ।
”द अवार्ड फर कर्पाेरेट एक्सिलेन्स”ले कर्पोरेटको विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गर्ने छ भने यससंगै ”द अवार्डस फर डिस्टिंग्युज्ड सर्भिस”ले समाजलाई निस्वार्थ भावनाका साथ सेवा प्रदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गरिनेछ । कोर्पोरेट क्लब नेपालले यसअघि एचआर मिट, सेल्स समिट र नेशनल म्यानेजमेन्ट कनक्लेभ जस्ता ज्ञान मूलक विभिन्न प्रकारका कोर्पोरेट कार्यक्रम आयोजनाको जिम्मा लिएर सफलता पुर्वक सम्पन्न गरिसकेको छ ।
यी अवार्डहरु आयोजना गर्नुको उद्देश्य कोर्पोरेट निती, कार्यक्रम र प्रदर्शनको पहिचान गर्न र सामाजिक तथा व्यावसायिक उत्तरदायित्व र योगदानको पहिचान गर्नु रहेकाे ह्युमन रिर्साेज ससाइटीका अध्यक्ष माेहन ओझाले बताए । यस्ताे प्रकारकाे अवार्ड कार्यक्रम संस्थाकाे प्रदर्शन अनुमाेदन गर्न र सम्मान गरिने बव्यक्ति तथा संस्थालाई अझै राम्राे गर्न प्राेत्साहन गर्ने उनले बताए ।
यसै विस्वास र उद्देश्यका साथ कर्पाेरेट क्लब नेपालले विगत लामाे समयदेखि यस्ता कार्यक्रमकाे आयोजना गरिरहेकाे छ । साे आयोजनाकाे दाेस्राे संस्करण द साेल्टी हाेटल काठमाडाैंमा यहि पुस १४ गते हुने भएकाे छ ।
यो कार्यक्रमका लागि पांच महिना अगाडिदेखि नै नेपाली समाजका बौद्धिक तथा विभिन्न निजी सरकारी र शैक्षिक क्षेत्रमा रही समाजलाई योगदान गरेका सात जनाको निर्णायक मण्डल गठन गरिएको थियो । सो निर्णायक मण्डलका पटक पटक बसिएका बैठकहरुले अवार्डको मापदण्ड, विभिन्न विधाहरु परिभाषित गर्नुका साथै परिष्कृत गर्दै इन्स्टिच्युसनल एक्सिलेन्स क्याटगरीमा १६ ओटा, इन्डिभिजुयल एक्सिलेन्स विधामा २ ओटा, इन्स्टिच्युसनल डिस्टिंग्युस्ड विधामा २ ओटा, इन्डिभिजुयल डिस्टिंग्युस्ड विधामा १ ओटा र इन्स्टिच्युसन बिल्डरमा १ गरी जम्मा २२ वटा विधामा अवार्ड प्रदान गरिने भएकाे हाे ।
यस अवार्डको लागि विभिन्न व्यक्ति तथा संस्थाहरुको जानकारी संकलनका लागि छुट्टै रिसर्च कम्पनीलाई आउटसोर्स गरिएको थियो जसले सिधै निर्णायक मण्डललाई डेटा उपलब्ध गराउने काम गरेको थियो र त्यसपछि सो रिसर्च कम्पनीबाट प्राप्त सूचनाको आधारमा निर्णायक मण्डलद्वारा डिजाइन गरिएको रेटिंग स्केलमा सबै निर्णायक मण्डलले गरेका नम्बरिंगको आधारमा बिजेता छानिने छ ।
यस अवार्डले प्रोत्साहन गर्नका निम्ति गर्ने सम्मानले व्यक्ति तथा संस्थालाई भावी दिनहरुमा पनि आउने पुस्तालाई प्रेरित गर्ने, इमान्दार र कर्मठ भई काम गरेर राष्ट्रको व्यावसायिक, संस्थागत र सामाजिक पूंजीलाई समृद्ध गर्ने विश्वास लिएकाे जनाइएकाे छ ।