सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं, १३ जेठ । सरकारको आर्थिक वर्ष २०७५, ७६ को नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ ।नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि प्रतिनिधिसभाबाट पारित भएको हो ।

नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टीले विपक्षमा मत दिएको छ । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल र राजपा नेपालका सांसद अनिलकुमार झाले नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन मानेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *