Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

स्यानेटरी प्याडको आयातमा कर छुटको माग

स्यानेटरी प्याडको आयातमा  कर छुटको माग

काठमाडौं, १३ जेठ । एक तथ्यांक अनुसार नेपालमा बार्षिक नेपाल स्यानेटरी प्याडको आवश्यकता १५ करोड थान रहेको छ । तर नेपाली बजारमा बार्षिक ९ करोड १० लाख थान स्यानेटरी प्याड बिक्री वितरण हुने गरेको छ । यो अघिल्लो बर्ष १० प्रतिशतको तुलनामा ८ प्रतिशतले बढि हो । कम आपुर्ति, प्रयोगकर्ताको अभाव, जनचेतनाको कमी लगायतका विक्री कम भएको आकलन गरिएको छ ।

युनिसेफ नेपालले, खानेपानी तथा सरसफाई मन्त्रालय,स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र महिला मन्त्रालयको सहकार्यमा आज राजधानीमा आयोजित एक कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्रालयका उपसचिव अनिलभद्र खनालले महिनावारी स्वास्थ्य व्यवस्थापनका लागि सरकारी पक्षबाट समय सुहाउदो र तथ्यमा आधारित भएर विद्यमान कानुन नीति, रणनिती तथा योजनाहरु परिमार्जन र संशोधन गर्नुपर्ने बताए ।

कार्यक्रममा महिला स्वास्थ्यकर्मीहरुले स्यानेटरी प्याडको आयातमा लाग्ने करको दर कम गर्ने र स्वदेशी उत्पादक कम्पनीलाई विशेष कर–छुट सुविधा दिएको खण्डमा उत्पादन तथा बजार मुल्य अझै कम गर्न सकिने बताए । नेपाल सरकारले स्यानेटरी प्याडको गुणस्तर निर्धारणका लागि आवस्यक स्पेसिफिकेशन तयार तयार गरि लागु गर्नु पर्ने समेत आवस्यक रहेको बताए । बजारमा १ प्याकेट तथा ८ थान स्यानेटरी प्याडको बजार मुल्य सस्तोमा ४५ नेपाली रुपैयाँ पर्दछ भने पुन प्रयोग गर्न मिल्ने घरेलु प्याडको मुल्य प्रतिगोटा २२ नेपाली रुपैयाँ पर्दछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x