Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता सम्पन्न

फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता सम्पन्न

काठमाडौं, १३ जेठ । गएको आइतवारदेखि शुरु भएको ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता शनिवार मण्डीखाटार टेनिस कोर्टमा सम्पन्न भएको छ । आइएमई फाउन्डेसनको आयोजना एवं अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई) को संयोजनमा सम्पन्न उक्त एकल प्रतियोगितामा ४० जना महिला र ५३ जना पुरुषगरी कूल ९३ खेलाडीहरूको सहभागिता रहेको थियो ।

शनिवार मण्डीखाटार टेनिस कोर्टमा आयोजित समापन कार्यक्रममा विजेता र उपविजेतालाई मेडल, प्रमाण–पत्र र पुरस्कार प्रदान गरिएको थियो । साताव्यापी प्रतियोगितामा चौध वर्ष मूनिका विभिन्न उमेर समुहबाट कुल ४० जना विजेता र उपविजेता छनोट भएका छन् । पुरस्कार स्वरूप विजेताहरूलाई थाइल्याण्डसम्मको हवाई टिकटको व्यवस्था गरिएको छ भने उपविजेताहरूले विभिन्न टेनिस कोर्टको प्रवेश शूल्क र चन्द्रागिरि केबलकार भ्रमणको सुविधा पाउनुहुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x