Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

‘संकटको संघारमा रहेकाे अर्थतन्त्र उद्धार गर्न तयार छु’

‘संकटको संघारमा रहेकाे अर्थतन्त्र उद्धार गर्न तयार छु’

काठमाडौं, ११ पुस । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । साेमबार नवनियुक्त अर्थमन्त्री पौडेलले संकटको डिलमा रहेको अर्थतन्त्रको तत्काल उद्धार गर्न आफु तयार रहेको बताएका छन् ।

संकटको डिलमा रहेको यो अर्थतन्त्रलाई सुरक्षित ठाँउमा फर्काउनको लागि र व्यवस्थित रुपमा अघि बढाउँन ठुलो मेहनत गर्नु पर्ने र विगतका आफ्नै अनुभवहरुबाट राम्रो शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए। ‘त्यसैले अर्थतन्त्रका सबै विज्ञहरुको राय र सुझावलाई संगठित गर्दै अर्थतन्त्रका चुनौतिहरु के हुन्, ती चुनौती सिर्जना हुनको राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण के हो? यस्ता समस्याका समाधान के हुनसक्छन्? सबै क्षेत्रका विषेशज्ञ र विज्ञहरु सँग सघन ढंगले छलफल तथा सम्वाद गर्दै समस्या पहिचान गर्ने र समाधान गर्ने आत्माविस्वासका साथमा यो जिम्मेवारीमा उपस्थित भएको छु’ उनले भने ।

उनले बिग्रिन्दो अर्थतन्त्रबाट चिन्तित भएकाहरुसँग जिवन्त सम्वादमा रहेर समस्या पहिचान गर्ने र समस्या समाधानको लागि घनिष्ट सहकार्य गर्ने प्रतिवद्धता उनले गरे । उनले आजको चुनौतीहरुलाई चिर्दै दिगो अर्थतन्त्र निर्माणमा सबै क्षेत्रसँग सहकार्य गर्ने प्रतिवद्धता गरे ।

त्यस्तै, मन्त्री पौडेलले अर्थ मन्त्रालयअन्तर्गतका निकायलाई डिजिटलाइजेसन गर्ने पहिलो निर्णय गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x