Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन

पोखरा, १७ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ।  पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् ।

समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति छ । त्यहाँ हेलिकोप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण भएको याे तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो। यो विमानस्थलबाट यति,बुद्ध, सूर्य र गुण लगायतका एयरलाइन्सले उडान समेत गरेका छन्। यो विमानस्थल २४ सैं घण्टा संचालन गर्न सकिने हिसाबले निर्माण भएको जनाइएको छ।

विमानस्थल  संचालनमा आएपछि पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले चर्चा भएको ४७ वर्षपछि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तयार भएको बताए। पोखरेलीको महत्वाकांक्षी योजना पुरा भएकाले उद्घाटन समारोहमा सहभागिताका लागि महानगरपालिकाले आइतबार सार्वजनिक बिदासमेत दिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x