हेजिङ नियमावली कार्यान्वयनमा, ऊर्जा लगागत ठूला पूर्वाधारमा बाह्य लगानी बढ्ने (भिडियो सामग्री)
काठमाडौं, १८ पुस । सरकारले हेजिङ नियमावली कार्यान्वयनमा ल्याएसँगै यो सुविधा उपलब्ध गराउन दुई बैंकले प्रस्ताव पेश गरेका छन् । नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा)ले हेजिङ सुविधा उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेका हुन् । नेपालमा विशेषगरी जलविद्युत् जस्ता ठूला आयोजनामा बाह्य लगानी आकर्षण गर्न हेजिङ सुविधा दिनुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको थियो । यो नियमावली कार्यान्वयनले विशेषगरी जलविद्युत् आयोजना, प्रसारणलाइन जस्ता ठूला पूर्वाधारमा बाह्य लगानी बढ्ने अपेक्षा गरिएको छ । यसै विषयमा अर्थको अर्थले इप्पानका पूर्व अध्यक्ष सुवर्ण श्रेष्ठ र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडासँग कुरा गर्दै विशेष रिपोर्ट तयार पारेको छ ।