Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पोखरा फाइनान्सको २१औं वार्षिक साधारण सभा आषाढ ५ गते

पोखरा फाइनान्सको २१औं वार्षिक साधारण सभा आषाढ ५ गते

काठमाडौं, १४ जेठ । पोखरा फाइनान्सले आषाढ ५ गते २१औं वार्षिक साधारण सभा राख्ने भएको छ । उक्त साधारण सभामा फाइनान्सले शेयरधनीहरुलाई ६ करोड २२ लाख ९३ हजार ३४९ रुपैयाँ बोनस शेयर र ३२ लाख ७८ हजार ५९७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गर्ने भएको छ । साधारण सभा र बोनस शेयर प्रयोजनका लागि फाइनान्सले जेठ २७ देखी आषाढ ५ गतेसम्म शेयर दर्ता किताब बन्द गर्ने भएको छ ।

फाइनान्सले प्रस्ताव गरेको ६ करोड २२ लाख ९३ हजार ३४९ रुपैयाँ बोनस शेयर वितरण पछि चुक्ता पुँजी ८१ करोड ६४ लाख रुपैयाँ पुग्ने छ । फाइनान्सको हाल ७५ करोड ४१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । यस अघि फाइनान्सले १५ प्रतिशत हकप्रद शेयर पुँजीकरण गरेर ७५ करोड ४१ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x