Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मेगा बैंक नेपालको शेयर कारोबार खुल्ला, समायोजित मुल्य ३११.५२ रुपैयाँ

मेगा बैंक नेपालको शेयर कारोबार खुल्ला, समायोजित मुल्य ३११.५२ रुपैयाँ

काठमाडौं, १४ जेठ । झण्डै १६ महिना पछि मेगा बैंक नेपाल लिमिटेडको शेयर कारोबार खुल्ला गरिएको छ । २०७३ माघ महिनामा मेगा बैंक नेपाल र टुरिजम डेभलपमेन्ट बैंक एकआपसमा गाभिने सम्झौता भए पछि बैंकको शेयर कारोबार रोक्का गरिएको थियो । यी दुई बैंकहरुले एकआपसरमा गाभिएर गत वैशाख ३० गतेबाट एकिकृत कारोबार शुरु गरेका छन् । सोहि कारण नेप्सेले आज १४ जेठमा बैंकको शेयर कारोबार खुल्ला गरिएको सुचना दिएको छ ।

यस्तै नेप्सेले हकप्रद शेयर प्रयोजनको लागि मेगा बैंकको शेयर मुल्य समायोजन गरेको छ । नेप्सेले बैंकको प्रति शेयर ३११.५२ रुपैयाँमा मुल्य समायोजन गरेको छ । बैंकको आधार मुल्य ३४३.७६ रुपैयाँ रहेको छ । बैंकले ६५ प्रतिशत हकप्रद शेयर जारी गरि पुँजीकरण समेत गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x