Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

हकप्रद पछि प्रभु इन्स्योरेन्सको मुल्य समायोजन

हकप्रद पछि प्रभु इन्स्योरेन्सको मुल्य समायोजन

काठमाडौं, १४ जेठ । प्रभु इन्स्योरेन्सको मुल्य समायोजन भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भए पछि मुल्य समायोजन गरिएको हो । नेप्सले कम्पनीको शेयर ५४० रुपैयाँमा मुल्य समायोजन गरेको छ । कम्पनीको शेयर आधार मुल्य ७२५.३६ रुपैयाँ रहेको छ । हकप्रद शेयरको लागि कम्पनीले जेठ १४ गते शेयर दर्ता किताब बन्द गरेको छ ।

कम्पनीले १ बराबर ०.४६ कित्ता अर्थात ४६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको ३१ करोड ६६ लाख ६७ हजार ७६३ रुपैयाँ बराबरको ३१ लाख ६६ हजार ६७७.६३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले जारी गर्ने उक्त शेयर सुरक्षित गर्न शेयर लगानीकर्ताहरुले जेठ १३ गतेसम्ममा कम्पनीको शेयर खरिद गरिसक्नु पर्नेछ ।

कम्पनीले निष्कासन गर्ने हकप्रद शेयर पछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ नाघ्ने छ । कम्पनीको हाल चुक्ता पुँजी ६८ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x