Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

बैंकिङ क्षेत्रकाे समस्या तथा चुनौतीमा प्रधानमन्त्रीकाे चासाे, ब्याजदर र तरलताको समस्या समाधान गर्न निर्देशन

बैंकिङ क्षेत्रकाे समस्या तथा चुनौतीमा प्रधानमन्त्रीकाे चासाे, ब्याजदर र तरलताको समस्या समाधान गर्न निर्देशन

काठमाडौं, २० पुस । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अर्थतन्त्रबारे चासाे देखाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राखेका थिए ।

उनले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका हुन् । ब्याजदर घटाउन तथा तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा उनले जोड दिए ।

छलफलका प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरुको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसुचित र सचेत तुल्याउन आवश्यक रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x