Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

राष्ट्र बैंकले चालु पूँजी कर्जा मार्गदर्शन संशाेधन गरेसँगै उचालियाे सेयर बजार

राष्ट्र बैंकले चालु पूँजी कर्जा मार्गदर्शन संशाेधन गरेसँगै उचालियाे सेयर बजार

काठमाडाैं, २० पुस । साताको कारोबारको चौथौ दिन आज ‘बुधबार’ पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । आज नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको हाे ।  मंगलबार आज नेप्से ३.०३ अंकले घटेर दुई हजार ६१ दशमलब ६ विन्दुमा बन्द भएको थियो  ।

शेयरबजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज तीन अर्ब ५० करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार तीन अर्ब ४५ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये २०७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । नेप्सेका अनुसार आज आठ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । भने २२ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

निजी क्षेत्रले माग गरेकाे चालु पूँजी कर्जा मार्गदर्शनलाई राष्ट्र बैंकले संशाेधन गरेसँगै बजारमा बजारमा यसकाे सकारात्मक प्रभाव परेकाे देखिन्छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x