Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

माधव नेपाललाई भेटेर प्रधानमन्त्रीले मागे विश्वासकाे मत

माधव नेपाललाई भेटेर प्रधानमन्त्रीले मागे विश्वासकाे मत

काठमाडौं, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग विश्वासकाे मत मागेका छन् । बुधबार अध्यक्ष नेपाललाई भेटेर प्रचण्डले आफूलाई विश्वासको मत दिन आग्रह गरेकाे  माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

उनले भने, ‘दलको तर्फबाट र प्रधानमन्त्रीको तर्फबाट पनि विश्वासको मत दिन सबैलाई आग्रह गरेका छौं । त्यही क्रममा बुधबार एकीकृत समाजवादीका अध्यक्षलाई पनि भेटेर त्यही आग्रह गर्नुभएको हो ।’

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिने तय भएको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार संसदीय दलको कार्यालयमा अध्यक्ष नेपालसँग भेट गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x