Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सर्वदलीय बैठक बस्दै

सर्वदलीय बैठक बस्दै

काठमाडौं, २२ पुस । शुक्रबार दिउँसाे १ बजे सर्वदलीय बैठक बस्ने भएकाे छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेन्डा तय गर्न आज सर्वदलीय बैठक बोलाएका हुन् ।

दिउँसो १ बजे बस्ने सर्वदलीय बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ भने स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ । बैठकमा सभामुखको निर्वाचन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायत विषयमा छलफल गरिने बताइएको छ ।

निर्वाचन भएर गठन भएको नयाँ संसद्मा राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ । त्यसको व्यवस्था गर्नका लागि पनि सर्वदलीय बैठकमा छलफल हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x