पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने सरकारकाे निर्णय
काठमाडौं, २२ पुस । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने भएको छ।
शुक्रबार सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै आयोजनाको प्रभावकारी व्यवस्थापन र आर्थिक लाभको सुनिश्चिताका लागि विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने बताएका हुन्
अर्थ मन्त्रालयको प्रस्तावमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा राजश्व कार्यालय स्थापना गर्नका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने पूर्वस्वीकृति प्रदान गरिने उनले बताए ।
उनले भने, ‘आयोजनाको प्रभावकारी व्यवस्थापन गर्ने र विमानस्थलबाट यथेष्ट लाभको सुनिश्चिता गर्ने जिम्मेवारी सरकारको रहेकाले आवश्यक जनशक्ति समेत व्यवस्थापन गर्ने निर्णय गरेका छौं।’
गत पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उदघाटन गरेका थिए ।