छिमेक लघुवित्तकाे ‘माेबाइल बैंकिङ तथा क्युआर मार्फत भुक्तानी’ कार्यक्रम शुभारम्भ

काठमाडाैं, २२ पुस । छिमेक लघुवित्त वित्तिय संस्थाकाे ‘छिमेक माेबाइल बैंकिङ तथा क्युआर मार्फत भुक्तानी’ कार्यक्रम शुभारम्भ भएकाे छ । नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सेनाकाे प्रमुख आथित्यमा शुक्रबार नयाँ बानेश्वरमा उक्त कार्यक्रमकाे शुभारम्भ गरिएकाे हाे ।
करिब ४ लाख २५ हजार ग्राहकलाई गुणस्तरीय लघुवित्त कार्यक्रम मार्फत सेवा दिँदै आएको यस संस्थाले समय सापेक्ष प्रविधिकाे प्रयाेगबाट काराेबारलाई डिजिटलाईज गर्दै लगेकाे छ ।
संस्थाले माेवाइलकाे बढ्दाे प्रयाेगसँगै लघुवित्त क्षेत्रमा पनि यसकाे प्रयाेगबाट काराेबारलाई क्यासलेस गर्न सकिने विश्वास लिएकाे छ । यस वित्तिय संस्थाले आफ्नाे छुट्टै माेबाइल बैंकिङ एप मार्फत सदश्यलाई डिजिटल काराेबार गर्ने वयवस्था मिलाउनुका साथै एप अन्तर्गत कनेक्ट आइपिएस र फाेन पे मार्फत नेटवर्क भित्र रहेका बैंक तथा वित्तिय संस्थाहरूमा सजिलै फण्ड ट्रान्सफर गर्न सकिने छ । यस्तै युटिलिटी पेमेन्टकाे प्रयाेगबाट बिना झन्झट बिल भुक्तानी गर्न सकिने छ ।
यस्तै लघुवित्तका सदश्यलाई आफ्नाे इकाइ बैठकका बारेमा जानकारी लिन सकिने र काराेबार सफल भएपश्चात काराेबारकाे जानकारी रकमसहित बाेलेर सुनाउने यस एपकाे महत्वपूर्ण फिचर रहेकाे छ । यस संस्थाले आगामी तीन वर्षमा आफ्ना करिब ४० प्रतिशत ग्राहक सदश्यलाई माेबाइल बैंकिङ सेवा पुर्याउने लक्षय लिएकाे छ ।